करिब ३ करोडको कारोबार गर्दै सकियो सौराहा खाना महोत्सव

सौराहा-  चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औ सौराहा फुड फेस्टिभल शनिवार राती सकिएको छ । प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान् सौराहाले फेस्टिभल आयोजना गरिएको हो ।

सौराहा सहित चितवनमा पर्यटक भित्र्याउन आयोजना गरिएको फेस्टिभल अवधि भर अपेक्षाकृत स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको रेवान् सौराहाका अध्यक्ष ध्रुव गिरीले बताउनु भयो । अब सौराहा पुरानै अवस्थामा फर्किएको छ उहाँले भन्नुभयो फेस्टिभलमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीहरूलाई उत्साहित बनाएको छ ।

फेस्टिभल चलिरहँदा सौराहा क्षेत्र र फेस्टिभल प्राङ्गणमा करिब ३ करोडको कारोबार भएको अनुमान गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटक प्रवर्द्धन गर्न आयोजना गरिएको प्रथम रेवान् कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिशेक चर्च रजहरले जितेको छ ।

रत्नप्रिय कल्वलाई १-० गोल अन्तरले पराजित गर्दै अभिशेक चर्जले उपाधि जितेको हो । त्यसै गरी ब्याडमिन्टन प्रतियोगिता, वेटर रेस, महिलाहरूको बिचमा म्युजिकल चियर र बालबालिका बिचमा गरिएको बेलुन फुटाई प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गरिएको फेस्टिभलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो ।

फेस्टिभलमा ३० वटा खानाका स्टलहरू रहेका थिए । अन्य दिन प्रवेश निःशुल्क गरिएको भए पनि फागुन २ र ३ गते शुल्क लिइएको थियो । टिकट विक्रीबाट भएको आम्दानीबाट विपन्नको शिक्षा र स्वास्थ्य तथा सौराहाको साैन्दर्यकरणमा लगानी गर्ने रेवान् का महासचिव नवीन नेपालले बताउनुभयो ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सह आयोजकमा रेवान् महिला समूह, क्षेत्रीय होटेल सङ्घ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेको सहसंयोजक कृष्ण भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.