अनियन्त्रित चुरे दोहनप्रति पूर्वराष्ट्रपति यादवको चिन्ता

धनुषा- प्रथम राष्ट्रपति डा. रामवरण यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैधरूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

जनकपुरधाममा आयोजित ‘म बनाउँछु नेपाल’ बहस कार्यक्रममा उहाँले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकोमा दुःख प्रकट गर्नुभएको छ ।

उहाँले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन्‌का कारण मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेशमा वर्षेनी पानीको सङ्कट बढ्न थालेकोमा दुःख व्यक्त गर्नु भएको छ ।

पूर्व राष्ट्रपति यादवले यस्तै अवस्था रहेमा अबको निकट भविष्यमा नेपालमा थप पानीको अभाव भएर मुलुकमा खाद्यान्नको सङ्कट हुने खतरा रहेकाले अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक श्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न अगाडी बढेको बताउँदै चालु आर्थिक वर्षमा सिँचाइका लागि २ अर्ब १५ करोडको टेन्डर गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.