मनाङमा ३.८ म्याग्निच्युडको भूकम्प

 मनाङ-  मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो।

भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.