कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा : श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु

रुपन्देही-  भारतको प्रयागराज स्थित महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देव दहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तीर्थालु सवार गाडी दुर्घटनामा देव दह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ बर्सिया दीपा खनाल र ४० बर्सिया गीता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जानकारी आएको सेनले बताउनु भयो ।
दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देव दह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी निरीक्षक सेनले बताउनु भयो ।
फागुन ३ गते देव दहबाट महाकुम्भ मेला स्नान गर्न पाँच वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.