दुतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह
आरोपितलाई पक्राउ गरिसकेको कलेज प्रशासनद्वारा जानकारी

काठमाडौँ- भारत उडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली छात्राको मृत्युपछि उत्पन्न तनावमा सोमबारभित्र क्याम्पस छाडिसक्न नेपाली विद्यार्थीलाई चेतावनी दिएको खबरहरु सार्वजनिक भइरहेका बेला विश्वविद्यालयले भने क्याम्पस फर्किन र कक्षा शुरू गर्न आग्रह गरेको छ ।
केआईआईटी विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएपछि नेपाली विद्यार्थीहरुले उक्त मृत्यु शंकास्पद भएको भन्दै विरोध जनाएका थिए । उक्त विरोधपछि क्याम्पस प्रशासनले उनीहरुलाई तत्काल क्याम्पस छाडन चेतावनी दिएको खबरहरु सार्वजनिक भएको थियो ।
छात्राको मृत्यु प्रकरण र क्याम्पस छाडन दिएका धम्कीले क्याम्पसका समेत प्रदर्शन र धरपकडले थप तनाव बढाएको थियो ।

घटनाले थप तनावको रुप लिदै जाँदा र नेपाली विद्यार्थीहरुलाई बलजफ्ती गरेर निकाल्न खोजेको विषय सार्वजनिक भएपछि भारतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर उक्त घटनाको बारेमा क्याम्पस प्रशासन र स्थानीय प्रशासनसंग जानकारी लिएको थियो । दुतावसले निधन भएकी नेपाली छात्राका सम्वन्धमा अनुसन्धान गर्न तथा नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूती गर्न माग गरेको थियो ।
त्यस लगत्तै ‘केआईआईटी प्रशासनले क्याम्पस र छात्रावासहरूमा शान्ति पुनर्स्थापना गर्दै शैक्षिक गतिविधिहरू पुनः सञ्चालन गर्नका लागि हरसम्भव प्रयास भइरहेको भन्दै सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षा पुनः शुरू गर्न आग्रह गरेको हो ।
‘केआईआईटी प्रशासनले क्याम्पस र छात्रावासहरूमा शान्ति पुनर्स्थापना गर्दै शैक्षिक गतिविधिहरू पुनः सञ्चालन गर्नका लागि हरसम्भव प्रयास गरिरहेको छ’, विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस छोडिसकेका वा छोड्ने योजनामा रहेका हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर कक्षा पुनः शुरू गर्न आग्रह गरिन्छ ।’
यस्तै कलेजले घटनापछि तुरुन्तै प्रहरीले अनुसन्धान गरी आरोपितलाई पक्राउ गरिसकेको पनि जनाएको छ।
यसअघि नेपाली दूतावासले भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र घटनाको छानबीन गर्न माग समेत गरेको जनाएको छ । ”यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ” । दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको घटना सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको उल्लेख गर्नुहँदै प्रधानमन्त्री ओलीले यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
यो पनि पढनुहोस्: भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री ओली
यसैगरी परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक तहबाट सत्यतथ्य बुझिरहेको जनाएको छ । उक्त घटननाले सदनमा समेत प्रवेश पाएको छ । आजको प्रतिनिधि सभाको बैठक विभिन्न राजनितिक दलका सांसदहरुले घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न ,घटनाको उचित छानबीन गर्न र विद्यार्थीहरुको सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल थाल्न माग गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्