ओडिशा घटनाप्रति काठमाडौँस्थित भारतीय दूतावासद्वारा गहिरो दुःख व्यक्त

नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर

काठमाडौँ –ओडिशाको भुवनेश्वरमा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति काठमाडौँस्थित भारतीय दूतावास गहिरो दुःख व्यक्त गरेको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले आज एक विज्ञप्ति जारी गर्दै यस कठिन घडीमा यस दूतावास मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ भनेको छ।

दूतावास KIIT का अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

KIIT ले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपिल पनि गरेको र KIIT ले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबिचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.