यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीबाट १३ हजार स्मार्ट लाइसेन्स कार्ड एकै पटक वितरण गरिँदै

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकै पटक झन्डै १३ हजार सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ । कार्यालयबाट जारी भएका नयाँ अनुमति पत्र, नवीकरण, वर्ग थप, प्रतिलिपि गरी १३ हजार ९७१ वटा स्मार्ट कार्ड एकै पटक वितरण सुरु गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । आज नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुलीलाई नवीकरण गरिएको स्मार्ट कार्ड वितरण गरेर प्रमुख न्यौपानेले कार्यालय बाट पहिलो पटक लाइसेन्स कार्ड वितरणको शुभारम्भ गर्नुभएको हो ।

प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालय २०७८ सालमा स्थापना भएको थियो भने गत वर्षको असार बाट सवारी चालक अनुमति पत्र वितरण सुरु भएको थियो । चालु आर्थिक वर्षको पुस सम्मको लाइसेन्स कार्ड प्राप्त भएकाले सेवाग्राहीलाई क्रमैसँग कार्ड वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । परीक्षा उत्तीर्ण भएको लामो समय सम्म पनि अनुमति पत्र प्राप्त नहुने समस्या व्यहोर्दे आएका सेवाग्राहीले अन्य कार्यालयको तुलनामा समयमै कार्ड गरेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।

दुई पाङग्रे सवारी साधनको लाइसेन्स वितरण गर्दे आएको कार्यालयले गत माघ महिनाबाट चार पाङग्रे सवारी साधनको पनि लाइसेन्स वितरण सुरु गरेको छ । जिल्लामै कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लिन र अन्य सवारी साधन सम्बन्धी कामका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.