प्रकृति लम्सालको न्यायकाे माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ-  भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसङ्घ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरूले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ ।

नेपाली विद्यार्थीहरूलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखेर अध्ययन गराउने बारेमा सहमति भएको बताएको छ ।

लम्साल मृत्यु प्रकरणसँग सम्बन्धित एक जनालाई पक्राउ गरी अनुसन्धानअघि बढाइएको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.