प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा यादव

काठमाडौँ- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्व राष्ट्रपति यादवले नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गर्नुभयो । पूर्वराष्ट्रपति यादवले यो जनताको दिवस भएको र जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।

२००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन फागुन ७ गते हो भन्नुहुँदै उहाले लोकतान्त्रिक राजनीतिक स्थापना गर्न यो दिनले मार्ग निर्देश गरेको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा धेरै उतारचढाव हुँदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको र त्यसको मूल जरो भनेको २००७ साल भएको उललेख गर्नुभएको छ ।

मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उहाँले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गर्नुभयो ।

प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.