राजनीतिक दलहरु इमान्दार नहुँदा निर्वाचन प्रणाली महँगो भयो: प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ ।

नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उहाँले प्रश्न उठाउनुभयो । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ ।

त्यस्तै तीनवटा जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दोलखा, स्याङ्जा, डडेल्धुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको हो । त्यस्तै, हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.