विदेश जाने नेपाली बिद्यार्थीहरुका लागि परराष्ट्र मन्त्रालयले नयाँ ढंगले काम गर्छ: परराष्ट्र्मन्त्री राणा

काठमाडौँ- परराष्ट्र मन्त्री आरजु राणा देउवाले बिदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुकालागि सहज र सुरक्षित वातवरण बनाउनु जरुरी भएको बताउनु भएको छ ।

ओमान भ्रमण पछि आज नेपाल फर्कनु भएका मन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा पत्रकारहरुसँगको अन्तर्क्रियामा अबका दिनमा बिदेश जाने नेपाली बिद्यार्थीहरुलाई पठाउने परामर्शदातासँग सहकार्य गरी कुन बिद्यार्थी कुन समय र कुन देशमा जान लागेको भन्ने बिषयमा सरकारले तथ्याङ्क राख्न सके उनीहरुको उद्धार गर्न सहज हुने बताउनु भयो ।

बिदेशमा अध्ययन गर्न जाने बिद्यार्थीहरुको यकिन तथ्याङ्क नहुँदा आइपर्ने समस्यालाई समाधान गर्न मन्त्रालयलाई कठिन हुने गरेको बताउँदै मन्त्री देउवाले यस्ता समस्याको सम्वोधन हुने गरी मन्त्रालय लाग्ने बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.