दिल्लीको मुख्य मन्त्रीमा भाजपाकी रेखा गुप्ताको शपथ

काठमाडौँ- भारतको संघीय राजधानी दिल्लीको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीबाट निर्वाचित विधानसभा सदस्य रेखा गुप्ताले शपथ लिनुभएको छ ।
योसँगै गुप्ता दिल्लीको मुख्मन्त्री बन्ने चौँथो महिला हुनुका साथै २७ बर्षपछि भारतीय जनता पार्टीले दिल्लीमा शासन गर्ने भएको छ ।
यसअघि भारतीय जनता पार्टीबाट सुष्मा स्वराज, भारतीय कंग्रेसबाट शिला दीक्षित र आम आदमी पार्टीबाट अतिशी मुख्यमन्त्री बनिसक्नुभएको छ ।
५ फेब्रुअरीमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले दिल्ली विधानसभामा रहेको ७० सिटमध्ये ४८ वटा सिटमा जित हासिल गरेको थियो ।
यसअघि करिब ११ बर्ष सत्तामा रहेको आम आदमी पार्टीले २२ सिट मात्र जितेको थियो ।
हिजो बसेको भारतीय जनता पार्टीका सांसदहरुको बैठकले रेखा गुप्तालाई मुख्यमन्त्रीकारुपमा छनौट गरेको थियो ।
मुख्यमन्त्रीका रुपमा पदभार सम्हालेकी गुप्ताका सामु दिल्लीको बढ्दो प्रदूषण नियन्त्रण, यमुना नदीको सरसफाई, महिलामाथि हुने हिंसाको रोकथाम लगायतका समस्या समाधान गर्नुपर्ने चुनौतिहरु देखिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्