बेलुन पड्किएर घाइते हुनुभएका पोखराका मेयर आचार्य अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ- पोखरा भ्रमण वर्ष-२०२५ को औपचारिक घोषणाको समयमा बेलुन पड्किएर घाइते हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

किर्तिपुर अस्पतालमा जलनको उपचार गराइरहनु भएका महानगर प्रमुख आज अपराह्न अस्पतालबाट घर जानुभएको हो ।

बेलुन फुटेर उहाँसँगै घाइते हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल तीन दिन अघि नै डिस्चार्ज हुनु भएको थियो ।

प्रमुख आचार्यले सामाजिक सञ्चाल फेसबुकमार्फत आफु अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभएको हो ।

साथै उहाँले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हृदयदेखि आभार व्यक्त गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.