नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक दुर्गानाथ सुवेदीलाई पितृशोक

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ । उहाँका पिता तारानाथ सुवेदीको ७३ वर्षको उमेरमा आज निधन भएको हो ।

काठमान्डौँ मोडेल अस्पतालमा उपचारका क्रममा सुवेदीको आज निधन भएको हो । दिवङगत सुवेदीको श्रीमती, एक छोरा ,एक छोरी हुनुहुन्छ । उहाँ लामो समय निजामती सेवामा रही उपसचिव पदबाट सेवानिवृत हुनुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ ।

यसैबीच नेपाल टेलिभिजन कर्मचारी संघ,नेपाल टेलिभिजन कर्मचारी युनियन र नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले छुट्टाछु्ट्टै शोक विज्ञप्ती जारी गरि स्वर्गिय सुवेदीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् ।

यसैगरि नेपाल खेलकुद पत्रकार मन्चले पनि शोक वक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.