मुस्ताङ र रुकुम पूर्वमा हिमपातसँगै वर्षाद

किसानलाई राहत

रुकुम पूर्व-  रुकुम पुर्वका उच्च हिमाली भुभागमा हिमपात र तल्लो भेगमा वर्षाद सुरु भएको छ ।
हिमपातसँगै चिसो धेरै बढेको छ । यस वर्ष लामो समय सम्म खडेरी परेको थियो ।
फाल्गुन महिनामा हिमपात भएपछि किसानहरुमा खुशी भएका छन ।
कार्तिक महिनामा खेतबारीमा छरेको उवा,जौ, गहुँ खडेरीले सुकेको थियोे हिमपात भएपछि किसानहरूको हर्षित भएका हुन ।
    कार्तिक महिना खेतबारीमा छरेको उवा, जौ, गहुँ यस वर्ष राम्रो हुने आशा किसानहरुमा छ ।
आकाशे पानीको भर पर्नुपर्छ यस पटक समयम‌ा हिउँ नपरेकाले बालीनाली सुकेको बुदाले बताउनुभयो । सुरु वर्षहरूमा २-३ फिटसम्म हिउँ पर्थ्यो तर अहिले खासै पर्दैन् ।
जलवायु परिवर्तनले हिउँ पहिला भन्दा छिटो पग्लिन थालेको स्थानीयको भनाइ छ ।
चिसोले उच्च भुभागमा बिहानैदेखि चहलपहल घटेको थियो बेलुका पख देखि हिमपात भएको छ । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् ।
यता, मुस्ताङमा पनि भारी हिमपात भएको छ ।
जिल्लाका हिमाली भेगमा परेको हिउँले हिउँदे बाली सप्रने र पानीको श्रोत समेत नसुक्ने स्थानीयहरु बताउँछन ।
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गा गाउँ क्षेत्रमा परेको हिमपात। हिमपातपछि आइतबार बिहान बस्ती र डाँडाकाँडा सुन्दर र रमणीय देखिएको छ ।
सशस्त्र प्रहरी मुस्ताङका जवानहरुले सडकमा परेको हिउँ पन्छाएर सवारी आवतजावतलाई सहज बनाएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.