नेपाल टेलिभिजनमा समाचार वाचक तथा सम्पादकका लागि दरखास्त आव्हान 

काठमाडौँ- नेपाल टेलिभिजनकले समाचार वाचक, सम्पादक र प्रस्तोता माग गरेको छ ।

टेलिभिजनले आज एक सूचनामार्फत समाचार वाचक र सम्पादक एवम् प्रस्तोताका लागि करारमा जनशक्ति भर्नाको अह्वान गरेको हो ।

सूचना अनुसार नेपाल टेलिभिजन समाचार च्यानलका लागि दुई जना अंग्रजी समाचारतर्फ  र ५ जना नेपाली समाचारतर्फ माग गरिएको हो ।

माग गरिएको पदहरुका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट पत्रकारिता विषयमा कम्तिमा स्नातक उत्तीर्ण गरेको वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरी टेलिभिजन समाचार वाचन, सम्पादन र रिपोर्टिङ्ग वा कार्यक्रम प्रस्तोताका रुपमा कम्तिमा १ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । तर  लोपोन्मुख, अति सिमान्तकृत र सिमान्तकृत वर्ग वा समुदायका हकमा भने पत्रकारिता बिषयमा कम्तिमा कक्षा १२ उत्तीर्ण गरेको वा कक्षा १२ उत्तीर्ण गरी सञ्चार माध्यममा पत्रकारिता सम्बन्धी कम्तिमा ६ महिनाको अनुभव प्राप्त गरेको हुनुपर्ने छ ।

फागुन १८ गते भित्र दरखास्त बुझाउने समय निर्धारण गरिएको छ ।

नेपाल टेलिभिजनले यसअघि समाचार प्रस्तोता सम्वन्धी सूचना रद्ध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.