बाग्लुङमा जीप दुर्घटना २ जनाको मृत्यु, ५ जना घाइते

बागलुङ- बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङ खोलाको खहरे फुर्से धारामा पिकअप जीप आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका-७ का ७५ बर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेका ३५ बर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी बडिगाड गाउँपालिका–९का ६३ बर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
बडिगाड गाउँपालिका-९ की ५० बर्षीया निमसरा बुढा, ५२ बर्षीया यम कुमारी पौडेल, ३० बर्षीया सिता पौडेल, बडिगाड गाउँपालिका-९ दर्लिङका २३ बर्षीय हिमाल घर्ती घाइते भएको प्रहरीले जानकारी जनाएको छ ।
सडकदेखि ५० मिटर तल पिकअप जीप खसेको छ ।
जीपमा ७ जना सवार थिए ।।





प्रतिक्रिया राख्नुहोस्