धुलिखेलमा बस दुर्घटना १७ जना घाइते

काभ्रे –  काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका- १० सारादा बतासे स्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।

बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरूको पहिचान भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.