वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण 

आवश्यक औषधि वितरण

नुवाकोट-  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नुवाकोटको देवघाटमा वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । आवश्यक औषधिसमेत प्रदान गरिएको छ ।

विदुर नगरपालिका ५ देवघाटस्थित देवी घाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा पुगेर त्यहाँ बसोबास गरिरहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण, औषधि वितरण र खाना खुवाइएको हो । नेपाली सेनाको ६ नं. वाहिनी, बहादुर श्री शेर गण, नं. १ तालिम केन्द्र तथा त्रिशूली अस्पतालको संयुक्त आयोजनामा ३७ जना वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क प्रदान गरिएको हो ।

त्रिशूली अस्पताल तथा सेनाका स्वास्थ्य प्राविधिकहरूले प्रतिष्ठानमा रहेका  वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । कार्यक्रममा सेनाको  ६ नम्बर बाहिनिपति रोज प्रताप राणा, त्रिशूल अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकी, प्रमुख डा. राजेन्द्र लामालगायतले वृद्धवृद्धाहरु समाजको मार्गदर्शक भएका कारण उनीहरूलाई सदा सम्मान तथा स्याहार आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.