सरकारले सामाजिक विभेद बढाउने काम गरेको प्रचण्डको आरोप

सुनसरी — बर्तामान सरकारले समाजमा विभेद बढाउने काम गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)द्वारा मधेस जागरण अभियान अन्तर्गत आज सुनसरीको दक्षिण वर्ती बर्जू गाउँपालिकाको शुक्रबारेमा कार्यकर्तालाई सम्बोधन गर्नु हुँदै माओवादीको यो अभियानले समाजमा उत्पन्न विभेदको अन्त्य गर्ने बताउनु भयो ।
सबैले मिलेर दबाब दिन सके समाजनजिक विभेद अन्त्य गर्न सकिने अध्यक्ष प्रचण्डले दाबी गर्नु भयो ।
त्यसतै अध्यक्ष प्रचण्डले आफूले यात्रा तय गरेको सुनसरीको हुलाकी मार्गमा रहेका जनताको समस्या सदनमा उठाउने समेत आश्वासन दिनु भएको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, स्थानीय प्रतिनिधिहरू, तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै, पार्टीको वर्तमान रणनीति, विकासका योजनाहरू, र आगामी गतिविधिहरूबारे जानकारी गराएका थिए।
स्वागत मन्तव्यमा वक्ताहरूले मधेसको विकास, जनताको अधिकार र सामाजिक न्यायका मुद्दाहरूलाई पार्टीको प्राथमिकतामा राखिएको बताए। कार्यक्रममा स्थानीय समस्याहरू सुन्ने, सुझाव सङ्कलन गर्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको थियो।






प्रतिक्रिया राख्नुहोस्