धार्मिक भावले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछ ः मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताउनुभएको छ ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल ९रेक्जोन०को आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा शुभारम्भ गर्नुहुँदै उहाँले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताउनुभयो । धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ थियो ।

“पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ,”उहाँले भन्नुभयो ।

पशुपतिनाथ मन्दिरलाई सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट समिति गठन गरिएको कार्यक्रममा जानकारी दिनुभयो । “सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ, गोवाका मन्त्रीले नै सुन दान गर्न चाहनुभएको छ, पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ,” कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो ।

धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरूका तुलनामा अनुशासित एवं उदाहरणीय बन्नुपर्ने मन्त्री पाण्डेको विचार थियो । धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीले विश्वसनीय बनेर देखाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.