मौसम र विपद: पिएसबीका प्राथमकिता

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणमा मौसम र विपद सम्बन्धी समाचारका बिषयवस्तुहरु, त्यसको प्रभावकारिता अभिवृद्धि  र प्राथमिकताका सम्बन्धमा एकदिने कार्यशाला आज सम्पन्न भएको छ ।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) अन्तर्गत नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणले मौसम विपदका विषय बस्तुहरूलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

राष्ट्रिय एकता, समृद्धि र विपद सार्वजनिक सेवा प्रसारणका मुख्य विषयवस्तु रहने र जनतालाई केन्द्रमा राखेर विषयवस्तुको उत्पादन गरिन अध्यक्ष डा विष्टको भनाइ थियो ।

कार्यक्रममा बिबिसी मिडिया एक्सनका किरण भण्डारीले मौसमजन्य विपद सम्बन्धी विषयहरू, समाचारहरूमा प्रयोग हुने भाषा र सम्प्रेषण गर्न खोजेको सन्देश स्पष्ट  र सरल हुनुपर्ने भन्दै प्रयोगमा आएका शब्दावलीहरूलाई सहज बनाउन सुझाव दिनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण अन्तर्गत रहेका नेपाल टेलिभिजन र रेडियो नेपालसँग बिबिसी मिडिया एक्सनले  सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजन र रेडियो नेपालका मौसम तथा विपदसँग सम्बन्धित रिपोर्टिङ, सम्पादन तथा कार्यक्रम निर्माणमा संलग्न संचारकर्मीहरुको सहभागिता थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.