‘नो केबलकार’ भन्नेहरुसँग सैद्धान्तिक सहमति छैन तर वार्ता जरुरी छ: नेपाली काँग्रेस

काठमाडौँ- नेपाली काँग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने भनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा  आज बसेको पार्टी पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा काँग्रेसको सैद्धान्तिक सहमति नरहेपनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका बिषयमा छलफल भएको थियो ।

आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको नेता घिमिरेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.