स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताउनुभयो ।

मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.