सपना भिलेजले सीमान्तकृत चेपाङ तथा मुसहर समुदायको जीवन स्तर उकास्न सघाउने

रत्न नगर – सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाको वार्षिक समीक्षा तथा योजना निर्माण सम्बन्धी कार्यशाला गरेको छ । गरिबी निवारणलाई सिरानीमा राखेर विभिन्न ११ वटा परियोजना सञ्चालन गरेको सपना भिलेजले सन २०२४ मा गरेका कामहरूको समीक्षा गर्दै सन २०२५ मा गर्ने कामहरूको योजना निर्माणको बारेमा छलफल गरेको हो ।

सपना भिलेजले सीमान्तकृत चेपाङ तथा मुसहर समुदायको जीवन स्तर उकास्न संरक्षण, जीविकोपार्जन र आयआर्जन, युवा स्वरोजगार, विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्य, वातावरण संरक्षण, सीप विकास, कृषि उत्पादनलाई प्राथमिकता दिएर परियोजना सञ्चालन भइरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । चेपाङ बस्तीमा आयआर्जन, जीविकोपार्जन र शिक्षामा गरेको कामको उपलब्धिको बारेमा समीक्षा गर्दै विपन्न बस्तीमा वितरण गरिएको सुधारिएको चुलोको प्रभावकारीको विषयमा समेत छलफल गरिएको छ ।

विषय विज्ञको रूपमा रहेका सपना भिलेज सोसियल इम्प्याक्टका सञ्चालक सदस्यहरूले परियोजनाले गर्ने काम र त्यसको उपलब्धिको विषयमा जानकारी गराउँदै सन २०२४ मा गर्ने कामहरूको विषयमा सुझाव समेत दिनु भएको छ । विषय विज्ञहरूबाट आएका कुराहरूलाई लिपिबद्ध गरी आगामी आर्थिक वर्षको लागि योजना निर्माण गर्ने इम्प्याक्टका अध्यक्ष गिरीले बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको वार्षिक समीक्षा तथा योजना निर्माण सम्बन्धी कार्यशालामा सञ्चालक सदस्यहरू नारायण वन, डा.कृष्णप्रसाद पौडेल, सजन राम भण्डारी, संजिता भण्डारी, वर्षा पुरी, अजित मान प्रधान सहित ११ वटा परियोजनामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रूपमा फिल्ड सहजकर्ता अमृता पुरीलाई सम्मान गरिएको कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.