भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर- मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको हो ।

सूर्यविनायक नगरपालिका-८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा तुसिबाखको मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.