मोटरसाइकल दुर्घटनामा पिलुवाखोला हाइड्रोपावरका मजदुरको मृत्यु

सङ्खुवासभा- कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटार नजिकै मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरका मजदुरको मृत्यु भएको छ ।

खाँदबारी–तुम्लिङटार सडक खण्डमा सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पिलुवाखोला हाइड्रोपावरका मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी बस्ने प्युठानको स्वर्गद्धारी नगरपािलका –१ का २६ बर्षीय एकम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।

गएराति खाँदबारी –तुम्लिङटार सडक खण्डको सालघारीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते पलिुवाखोला हाइड्रोपावरका मजदुर अधिकारीको उपचारका क्रममा आज बिहान मृतयु भएको प्रहरी निरीक्षक श्रेष्डले बताउनुभयो ।

प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका– ६ का २५ बर्षीय आकाश जिमीलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.