जबरजस्ती करणी अभियोगमा सिराहामा एक प्रहरी जवान पक्राउ

सिराहा – जबरजस्ती करणी अभियोगमा सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई नियन्त्रणमा लिएको हो।

पीडित महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।  इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएको थिए, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको पीडित महिलाको भनाई छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.