केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल

काठमाडौँ-। प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुुनुुभएको छ ।
त्रिपुुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रंगशालाको खचाखच दर्शकबीच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच फाइनल खेल हुँदैछ । खेल हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्