युक्रेनी राष्ट्रपतिको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपतिको आपत्ति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौता धेरै टाढा भएको भन्ने अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीब्र आलोचना गर्दै निन्दा गर्नुभएको छ ।

अमेरिकाले यसलाई धेरै समयसम्म सहन नसक्ने ट्रम्पको प्रतिक्रिया छ । ट्रम्पले जेलेन्स्कीलाई शान्ति चाहँदैनन् भन्ने आरोप लगाउनु अघि सामाजिक सञ्जाल पोस्टमा सो प्रतिक्रिया दिनुभएको हो ।

आइतवार लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनले रुससँग शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाको ग्यारेन्टी गर्ने हुनुपर्ने चार बुँदे योजनामा सहमति जनाएको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आयोजना गरेको शिखर सम्मेलन युक्रेनलाई समर्थन गर्ने र युक्रेनलाई लिएर पश्चिमा देशहरूबीचको मतभेद कम गर्ने प्रयासको रूपमा यो सम्मेलनलाई लिइएको छ । रुस विरुद्ध पश्चिमा मुलुकहरुले गठबन्धनको प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.