आफ्नै बुवा र दिदीको कुटाईबाट यज्ञबहादुरको मृत्यु

पाल्पा- पाल्पामा बुवा र दिदीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

गएको फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

बुवा र दिदीको कुटाइबाट बेहोस भएका उनको श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.