सीप सिकेर आत्मनिर्भर बन्दै भक्तपुरका महिलाहरू

भक्तपुर- सीप सिकेर उद्यमी बन्ने अनि आयआर्जनमा आत्मनिर्भर बनेर अरूलाई सेवा दिने उद्देश्यसहित भक्तपुरका महिलाहरु यतिबेला विभिन्न सीप सिकिरहेका छन् ।

घरायसी कामकाजबाट बचेको समय सदुपयोग गरी आयआर्जनमा आत्मनिर्भर बन्न यहाँका महिलाहरु यतिबेला सिलाई बुनाइ, झोल साबुन बनाउनेलगायतका विभिन्न सीप सिक्न थालेका हुन् ।

उद्यमी बन्नका लागि सीप अनिवार्य चाहिने भएपछि चाँगुनारायण नगरपालिका-४ तामाङवस्तीका महिला धमाधम सीप विकासमा लागेका छन् ।

घरमै रोजगारीको वातावरण बन्ने भएपछि हाते होजियारी तालिम लिन लागेको स्थानीय अस्मीता योन्जन बताउनु हुन्छ । घरको काम गरेर बचेको समय उपयोग हुने र सीपबाट मनग्य आम्दानी पनि हु नेभएपछि अहिले तालिम लिन लागेको स्थानीय सलिना योन्जनले बताउनु भयो ।

सलिना जस्तै यि टोलका ६० जना महिला हाते होजियारी बुनाई सीप सिकिरहेका छन् । स्थानीय महिला, विपन्न वर्ग तथा समुदाय लक्षित गरी महिला विकास केन्द्रको समन्वयमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सीप सिक्न चाहाने सर्वसाधारणलाई सीप विकासमा सहयोग गरिरहेको बागमती प्रदेशसभा सदस्य भुवनकेशरी श्रेष्ठले बताउनु भयो ।

टोलमै निःशुल्क हाते होजियारी तथा झोल साबुन बनाउने सीप सिक्न पाएपछि यहाँका महिलाहरु हर्षित भएका छन् । यसबाट क्षमता अभिवृद्धिका साथै उद्यमी बन्न सहज मात्रै होइन आत्मनिर्भर बन्न सघाउ पुग्ने भएपछि अधिकांश महिलाहरु यसप्रति आकर्षित भएको समाजसेवि रामकुमार तामाङ बताउनु हुन्छ ।

घरको काममा मात्रै व्यस्त रहने तामाङवस्तीका महिलाहरु अहिले सीपमुलक कार्यमा तल्लिन हुने गरेको वडाध्यक्ष रोज तामाङ बताउनु हुन्छ । प्रत्येक घरबाट करिब १२० जना महिलाहरू अहिले झोल साबुन र हाते होजियारी बुनाइ सीप सिकिरहेका छन् ।

यसले जीविकोपार्जनमा सहजता मात्रै होइन, आत्मनिर्भर बनाउन सघाउ पुगेको विश्वास छ । गाउँमा गतिलो रोजगार नभएपछि सिप सिकेर सन्तानको खर्च अनि परिवारको दैनिकी चलाउन सहज भएको महिलाहरुको बुझाइ छ ।

तीन तहको सरकारले रोजगारीमा ध्यान नदिएपनि यस्ता सीप विकासले सर्वसाधारणलाई उद्यमी बन्न सहज भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.