रोशीमा आँखा शिविरबाट २५५ जना लाभान्वित

काभ्रे – काभ्रेको रोशी गाउँपालिका वडा नं ११ स्थित भिमखोरीमा सञ्चालित आँखा शिविरबाट २५५ जना लाभान्वित भएका छन् । सोमबार, काभ्रेको रोशी गाउँपालिका वडा नं ११ स्थित भिमखोरीमा श्री शान्ति बुद्ध प्राथमिक विद्यालयमा रोटरी क्लब अफ धुलिखेलको आयोजनामा, रोशी गाउँपालिका वडा नं ११ को समन्वयमा र अस्ट्रेलियन वर्ल्ड कम्युनिटी सर्भिसको प्रायोजनमा आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट १३३ जना महिला, ७५ जना पुरुष र श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी लाभान्वित भएको शिविरका संयोजक अशोक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा दृष्टि सम्बन्धी नजिक र टाढाको समस्या, धुलो–धुवाका कारण आँखा चिलाउने, आशु आउने , आँखा एर्लेजी लगायतका समस्या पहिचान भएको छ ।
त्यस्तै, ३ जनामा मोतिया बिन्दु सम्बन्धीको पहिचान भएको र उहाँहरूलाई उपचारका लागि आँखा अस्पताल रेफ र गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा दृष्टि सम्बन्धी समस्या भएकाहरूलाई निःशुल्क चस्मा र ऐर्लजी सम्बन्धी समस्या भएकाहरूलाई निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा अस्ट्रेलियाका दृष्टि विज्ञ तथा स्वयम सेवकहरुले आँखा परीक्षण गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्