सात महिनामा दुप्चेश्वरको भेटी पौने ४७ लाख

–एकै दिन एक लाख ६० हजार भेटी, सबैको आस्थाको केन्द्र बन्दै

नुवाकोट-  पशुपतिनाथको पर्यायको रूपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा दैनिक हजारौँ भक्तजन दर्शनका लागि पुगिरहेका छन् । दुप्चेश्वरमा हिउँद वा जुनसुकै मौसम कोसमेत पर्बाह नगरी हजारौँ भक्तजन दैनिक रूपमा दुप्चेश्वर पुगेर पूजापाठ गरेका हुन् ।

मन्दिरमा दैनिक रूपमा तीर्थालु पुग्ने क्रम बढिरहेको छ । भक्तजनहरूले चढाएको भेटीसमेत दैनिक रूपमा गणना गरिँदै आएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा गत २०८१ साल वैशाख १ गतेदेखि दैनिक रूपमा भक्तजनहरूले चढाएको भेटी गणना गरिँदै आएको छ । बितेको साउनदेखि माघ महिनासम्म अर्थात् सात महिनामा मात्र दुप्चेश्वरमा पौने ४७ लाख रुपैयाँ भेटी सङ्कलन गरिएको छ ।

दुप्चेश्वरमा गत साउनदेखि माघ मसान्तसम्मको भेटी आम्दानी कुल।४६ लाख ६४ हजार ४ सय २७ रुपैयाँ रहेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार सोही सात महिनाको अवधिमा २२ लाख नौ हजार ४१ रुपैयाँ भएको छ ।

दुप्चेश्वरमा कुल २४ लाख ५५ हजार तीन सय ८६ रुपैयाँ बचत भएको छ । दुप्चेश्वरमा साउनमा ७ लाख ८७ हजार ७ सय ५० रुपैयाँ, भदौमा ५ लाख  १४ हजार ९ सय १०, असोजमा १ लाख  ८२ हजार ५ सय २०, कार्तिकमा ४ लाख ९० हजार २०, मङ्सिरमा नियमित भेटी ७ लाख १९ हजार ५ सय ५ र सोही महिना भएको धान्य पूर्णिमाको मेलाको छुट्टै ८ लाख  ६४ हजार २ सय १२, पुसमा ७ लाख २ हजार ४५ र माघमा ८ लाख  ९३ हजार ४ सय ८५ रुपैयाँ भेटीसहितको आम्दानी भएको दुप्चेश्वर क्षेत्र विकास कोषको कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनका अनुसार दुप्चेश्वरमा दैनिक रूपमा बेलुका ५ बजे भक्तजनहरूले चढाएको भेटी र सन्ध्या आरतीमा सङ्कलित भेटी सामूहिक रूपमा गणना गरेर आम्दानीमा बाँधिँदै आएको छ । सङ्कलित आम्दानीबाट दुप्चेश्वर महादेव मन्दिरमा कार्यरत कर्मचारी÷पुजारी तलब–भत्ता तथा दैनिक पुजा व्यवस्थापन गरिँदै आएको कोषले जनाएको छ ।

सङ्कलित आम्दानीबाटै दुप्चेश्वर मन्दिरका एक जना मूल पुजारीलाई मासिक रूपमा  ३० हजार तलब, अर्का पुजारी १ जनालाई । २० हजार, लामा पुजारी १ जनालाई २५ हजार, कार्यालय प्रमुख १ जनालाई २३ हजार, सुरक्षा प्रमुख १ जनालाई  २२ हजार, कार्यालय सहयोगी २ जनालाई मासिक १७ हजारका दरले  ३४ हजार, भेटी सङ्कलक १ जनालाई । १७ हजार, आरती टिमलाई मासिक  ८० हजार,  प्रत्येक सोमबार र शनिवारको लागि आवश्यक सुरक्षा स्वयंसेवकहरूलाई दैनिक एक हजार भत्ता, रासन ६ जना कर्मचारीका लागि मासिक १० हजार रुपैयाँ खर्च हुँदै आएको छ । दुप्चेश्वरमा यही फागुन १७ गते शनिवारमात्र मात्र दैनिक रूपमा सबैभन्दा धेरै भेटी सङ्कलन भएको छ ।

एकै दिन दुप्चेश्वर महादेव मन्दिरको भेटी एक लाख ५९ हजार तीन सय १० रुपैयाँ सङ्कलन भएको कोषले जनाएको छ । सोही दिन मध्यान्ह आरतीमा ९० हजार ६ सय ३० रुपैयाँसमेत सङ्कलन भएको छ ।

दुप्चेश्वर महादेव मन्दिरमा हिन्दु तथा वौद्धमार्गीहरु सो मन्दिरमा पुग्ने गरेको मन्दिरका संरक्षक तथा दुप्चेश्वर गापा अध्यक्ष शङ्कर बहादुर थापा वताउहुन्छ । यसको विकासका लागि विशेष योजना बनाउने कार्य भइरहेको उहाँको भनाई छ ।

शिवभक्तले सोमबार, विहीवार विशेष रूपमा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । यसका साथै शनिवारसमेत धेरै भक्तजन मन्दिर जाने गरेका छन् ।

नुवाकोटको मुख्य धार्मिक स्थल मध्येको दुप्चेश्वर महादेवको मन्दिरमा चढाइएको भेटी दैनिक रूपमा गणना गरेर सार्वजनिक हुँदै आएको  छ । सो मन्दिरमा गत २०८१ के वैशाखदेखि असार मसान्तसम्मको भने  कुल १० लाख ५८ हजार ५ सय ८७ रुपैयाँ सङ्कलन भएको थियो ।

सो रकम र साउनमा सङ्कलित १२ लाख ८३ हजार १ सय ७१ रुपैयाँसमेत गरी चार महिनामा कुल २३ लाख ४१ हजार सात सय ५८ रुपैयाँ  सङ्कलन भएको थियो । कोषले दैनिक रूपमा गापा अध्यक्ष शङ्कर बहादुर थापा, स्थानीयवासी, सर्वसाधारण, राजनीतिकर्मी, अगुवा,  युवालगायतको उपस्थितिमा भेटी गणना गर्ने गरेको छ ।

कोषाध्यक्ष श्रेष्ठले पछिल्लो समय मन्दिरमा आउने भक्तजनको उचित व्यवस्थापनका लागि प्रयासरत रहेको बताए । यातायात र बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा भक्तजन र भेटी रकम सङ्कलन बढ्दै गएको  हो ।

दुप्चेश्वर मन्दिरमा भक्तजनहरूले चढाएको भेटी प्रत्येक दिन साँझ ५ बजे गणना गर्ने कार्य भइरहेको छ । दुप्चेश्वरमा सबै किसिमका मानिसहरू आएर दुप्चेश्वरमा पूजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाउने गरेका छन् ।

दुप्चेश्वरमा धान्य पूर्णिमा, शिवरात्रि, शनिवार तथा पूर्णिमाको समयमा धेरै भक्तजनहरू पुग्ने गरेका छन् ।  दुप्चेश्वर गाउँपालिकाले दुप्चेश्वर महादेव मन्दिरको आयव्यय व्यवस्थित गरी बृहत्तर विकास गर्ने उद्देश्यले दुप्चेश्वर क्षेत्र विकास कोष स्थापना गरेर सक्रियता देखाएको छ ।

कोषले ‘बागमतीका पशुपतिनाथ’ मन्दिरमा हरेक दिन सङ्कलित भेटी सोही दिनको साँझ गणना गर्ने र सार्वजनिक गर्ने गरेको छ ।

कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले गत वैशाख १ देखि असार मसान्तसम्म तीन महिनाका अवधिमा भने  १० लाख ५८ हजार पाँच सय ८७ भेटी सङ्कलन भई पुजारीको तलब भत्ता र पूजा सञ्चालनसहित चार लाख १७ हजार खर्च भएको विवरण सार्वजनिक गर्नुभयो ।
दुप्चेश्वरको करेजुङ पहरास्थित मन्दिरमा दर्शन गर्न सहज हुने गरी सिँढीसहित फलामको बार र जस्ताको छानो राखिएको छ । पछिल्लो समय दुप्चेश्वर महादेवको दर्शन गरेर रसुवामा रहेको गोसाइँकुण्डको दर्शन गर्न जाने चलन छ ।

मन्दिरसम्म जान ढुङ्गाको खुड्किलो र सिँढी बनाइएको दुप्चेश्वर–६ का वडाध्यक्ष किशोर आचार्यले बताउनुभयो । उहाँका अनुसार दुप्चेश्वरमा दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् ।

दुप्चेश्वरमा देश तथा विदेशवाट सर्वसाधारण मन्दिर पुगि दर्शन गर्दै दुप्चेश्वमा दुधका साथै भेटी चढाउने गरेका छन् ।  दुप्चेश्वरमा सबै किसिमका मानिसहरू आएर दुप्चेश्वरमा पूजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाउने गरेका छन् ।

दुप्चेश्वरमा धान्य पूर्णिमा, शिवरात्रि, शनिवार तथा पूर्णिमाको समयमा धेरै भक्तजनहरू पुग्ने गरेका छन् ।  प्राकृतिक किसिमले समेत अलौकिक मानिने धार्मिक स्थलको रूपमा रहेको दुप्चेश्वर मन्दिर सात सय मिटर भन्दा अग्लो चट्टानको पहरोमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.