गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निरिक्षण

रुपन्देही- गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नु भएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनु भएका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नु भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरिक्षणका लागि पुग्नु भएको थियो ।
निरीक्षणपछि गृहमन्त्री लेखकले बिमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको शुरक्षा व्यवस्था सहित बिमानस्थलको बिषयमा बुझेको बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवातजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।’
उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसि व्यक्त गर्नुभयो । ‘अहिले मलाई बडो खुसी लागेको छ’ उहाँले भन्नुभयो –‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ ।’






प्रतिक्रिया राख्नुहोस्