मधेस शहीद प्रतिष्ठानका सदस्य आफ्नै क्वार्टरमा मृत अवस्थामा फेला

जनकपुरधाम –मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय ९यादव० आज जनकपुरधाममा मृत भेटिएका छन् ।
सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
ओछ्यान नजिक यादवले वान्ता गरेको पाइएको र उहाँको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्