बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

पर्वत- गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.