गुल्मीको कुखुरे खोलामा चार वर्षदेखि पुल निर्माण कार्य अलपत्र

गुल्मी- गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–५ कुखुरे खोलामा निर्माणाधीन पक्की पुल लामोसमयदेखि अलपत्र अवस्थामा परेको छ । निर्माण व्यवसायीले समयमै पुल निर्माणको काम सम्पन्न गर्न नसक्दा वषौंदेखि अलपत्र हुँदै आएको हो ।

पक्की पुल निर्माणका लागि दुबै तर्फका पिल्लर निर्माण गरिएको छ । त्यो बाहेकको अन्य काम भने अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणको लागि एक वर्षको अवधी तोकिए पनि चारवर्ष बित्दा समेत निर्माण हुन सकेको छैन् । पुल नहुँदा वारि–पारि आउ–जाउ गर्ने सवारी साधन तथा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

पक्की पुल समयमै नबन्दा वर्षातको समयमा यस भेगका नागरिकहरु जोखिम मोलेरै खोला तर्नुपर्ने अवस्था रहेको छ । पुल निर्माणको लागि सडक पूर्वधार विकास कार्यालय मार्फत अत्रेय भुसाल, बस्नेत, जेवी काठमाडौंले निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख इन्जिनियर सचितान्द चौधरीले बताउनुभयो ।

२५ मिटर लम्वाई रहेको २ करोड ४३ लाख ३७ हजार ७०६ रुपैयाँ भ्याट बाहेकको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो । पुलको ५० प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तिय प्रगतीमा अलपत्र अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार कार्यालय तम्घास गुल्मी मार्फत २०७७ साल माघ २१ गते ०७८ साल १० माघ १७ गते सम्पन्न गर्ने गरि सम्झौता भएको छ । पहिलो पटक तोकिएको मितिमा काम सम्पन्न हुन नसकेपछि पुनः ०८१ साल ६ असोज ३० गते सम्पन्न गर्ने गरि ३ पटक म्याद थप गरिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

म्याद थप भएको यो अवधीमा पनि पुल निर्माणले गति लिन नसकेर म्याद सकिएको छ । पुल निर्माण गर्ने निर्माण व्यवसायीले अलपत्र पारेर सम्पर्क बिहिन भएका छन् । जसका लागि कार्यालयले पनि ताकेता गर्दै आएको छ । तर पनि निर्माण व्यवसायी टेर्ने गरेको पाइएको छैन् ।

पक्की पुल निर्माणको नियमित काम भएको भए गएको असोज सम्ममा काम सकिएर पुल सञ्चालनमा आउने समय हो । तर निर्माणको काम समयमै नसक्दा पक्की पुलको वारिपारिका पिल्लर निर्माण भएपनि अन्य काम नहुँदा पुल निर्माण अलपत्र बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.