डोटी भूकम्प प्रभावित लाभग्राहीलाई राहत वितरण सुरु

डडेलधुरा-  डोटी केन्द्र बिन्दु भएर भूकम्प प्रभावित लाई स्थायी आवास निर्माणका लागि डडेलधुराबाट राहत वितरण सुरु गरेको  छ ।बिहीबार  जिल्ला प्रशासन कार्यालय डडेलधुरामा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले डडेलधुरा अमरगढी नगरपालिका ३ का प्रकाश उप्रेती लाई पहिलो किस्ताबापतको ५० हजार रुपैयाँको चेक दिएर भूकम्प प्रभावितको स्थायी आवास निर्माणका लागि राहत वितरण गर्न सुरु गर्नु भएको  हो ।

डोटीको पुर्बीचौकी गाउँपालिका केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको क्षति आङ्कलन गरिसकेपछि  डडेलधुरा सहित डोटी,अछाम ,बाजुरा बझाङ जिल्लाका भूकम्पबाट क्षति पुगेका लाभग्राहीहरुलाई स्थायी आवास निर्माण र मर्मतका लागि राहत दिन प्रारम्भ गरिएको छ । जस्मा निजी आवास प्रबलीकरण,पुनर्निर्माण गर्नका लागि राहत वितरण गरिन थालिएको छ ।

गृहमन्त्री रमेश लेखकले भूकम्पबाट प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि आवश्यक रकमको कुनै कमी नहुने बताउनु भएको छ । डडेलधुरा जिल्लामा भूकम्प प्रभावित नागरिकहरूको निजी आवास पुनर्निर्माणको पहिलो किस्ता रकम हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बताउनु भयो ।

उहाँले मापदण्ड र नियमावली बनाउन ढिलाइ भएका कारण स्थायी आवास निर्माणको काममा केही ढिलाइ हुन पुगेको भए पनि अव काम अगाडी बढेको बताउनु भयो । विस्तृत क्षति आङ्कलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनर्स्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएकाले जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आङ्कलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनर्स्थापनाको काम अगाडि बढेको बताउनु भयो ।

२०७९ कार्तिक २२ गते डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण डडेलधुराका ६ वटा पालिकामा क्षति पुर्‍याएको थियो । जसअन्तरगत पुनर्निर्माण तर्फ २६ जना प्रबलीकरण तर्फ ५२ जना गरी ७८ जना लाभग्राही रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.