डबल लेनको बनाउने गरी बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी

सिन्धुली – गत असोजमा आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपाल थोक सम्मको करिब साढे तीन किमी सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारस हमालले जानकारी दिनुभयो । अबको केही दिनमै हामी ठेक्का सूचना निकाल्ने तयारीमा छौ, उहाँले भन्नुभयो २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का आव्हान गर्दछौ ।

पुनर्निर्माण हुने बिपी राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ ।भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरी ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ । गत असोजको बाढीले सिन्धुलीको सुनकोसी गाउँपालिकाको नेपाल थोक देखि काभ्रेको भकुन्डे नजिक सम्म करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । सडक बगाएपछि हाल अस्थायी रूपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सञ्चालन हुँदै आएको छ ।

रोशिको बगरबाट अस्थायी रूपमा सञ्चालन भएको सडकलाई समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.