गोरखाको धार्चेमा अपांगता भएका व्यक्तिलाई आयआर्जनसंग जोड्न मुढा बुन्ने तालिम

गोरखा –  उत्तरी गोरखाको धार्चे गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनसंग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ बर्गको अपांगता परिचय भएका व्यक्तिलाई छनौट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले तालिमपछि उनीहरुले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरुङको भनाई छ । तालिममा लाप्राक, खोर्लावेशी, हुल्चुक, सिङ्लालगायतका बिभिन्न क्षेत्रका गरि १५ भन्दाबढीको सहभागिता रहेको थियो ।

गाउँपालिकाले धादिङबाट अपांगता भएका व्यक्तिलाई नै प्रशिक्षकका रुपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीहरुलाई तालिम दिएको उहाँले बताउनुभयो । ‘‘सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेहरुले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाई वडाबाट बाहिर पठाउन परेपनि पालिकाले आवश्यक पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

तालिमले अपांगता भए का व्यक्तिलाई घरमै बसेर जिविकोपार्जनसंग जोड्न मद्दत पुग्ने गाउँपालिकाकी उपाध्यक्ष गुरुङले बताउनुभयो । धार्चे गाउँपालिका भित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाहरुले राम्रो आम्दानी गर्न सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.