सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ-  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

सोमबार प्रतितोला रू एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.