सिन्धुली उद्योग वाणिज्य सङ्घमा अर्जुन श्रेष्ठ निर्वाचित

 सिन्धुली – सिन्धुली उद्योग वाणिज्य सङ्घ सिन्धुलीको अध्यक्षमा व्यावसायिक अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यही फागुन २७ गते सम्पन्न निर्वाचनबाट श्रेष्ठ ५ सय ९७ मत सहित अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी उम्मेदवार राजकुमार श्रेष्ठलाई २०९ मतले पराजित गर्नुभएको हो । राजकुमारले ३ सय ८८ मत प्राप्त गर्नुभएको थियो । १३ पदका लागि भएको मतदानबाट वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ, महासचिवमा वासु भेटुवाल निर्वाचित हुनुभएको छ ।

यस्तै उपमहासचिवमा नेत्रजंग थापा,महिला सचिवमा सृजना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा रामकुमार राज भण्डारी विजयी हुनुभएको छ । यस्तै पाँच जना खुल्ला सदस्यका लागि भएको निर्वाचनमा सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, राम बहादुर विश्वकर्मा र रामचन्द्र पौडेल निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । यसअघि नै आठ पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो ।

उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्माचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, वाणिज्य सचिवमा गोविन्द खड्का, उद्योग सचिवमा प्रकाश काफ्ले, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा लालमान तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै आजीवन तर्फ सदस्यमा दिगम्बर चौधरी, एशोसियट तर्फ सदस्यमा शाह आलम साफी, महिला सदस्यमा ललिता न्यौपाने निर्विरोध निर्वाचित भएको सिन्धुली उद्योग वाणिज्य सङ्घ सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.