प्रदेशको लगानीमा सञ्चालन भएका आयोजनाहरुको अनुगमन तथा मूल्यांकनका लागी ऐन बनाउँदै बागमती प्रदेश सरकार

 मकवानपुर –  बागमति प्रदेश सरकारले प्रदेशको लगानीमा सञ्चालन भएका आयोजनाहरुको अनुगमन तथा मूल्यांकन गर्ने भएको छ ।

यसको लागि ऐन बनाएर जाने प्रदेश सरकारले तयारी गरेको छ । मंगलबार बसेको बागमति प्रदेश मन्त्रिपरिषद्को लागि प्रदेश अनुगमन तथा मूल्यांकन सम्बन्धी विद्येयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमती प्रदान गरेको छ । बैठकले यसका साथै अन्य ६ वटा प्रस्तावहरु स्विकृत गरेको बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाइमन्त्री श्यामबहादुर खड्काले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको नाममा भक्तपुर जिल्ला स्थित नखेलमा रहेको १० रोपनी जग्गा मध्ये ५ रोपनी जग्गा र सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा रहको ७ रोपनी ७ आना दुई पैसा जग्गा प्रशासनिक कार्य सञ्चालनका लागि माग गर्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी क्षेत्रगत सूचना प्रणालीमा आधारित बागमति प्रदेशको स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता योजना तर्जुमा सम्बन्धी कार्यविधि २०८१ स्विकृत गरेको छ । त्यस्तै, चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका पहिलो संसोधन पारित गरेको छ । बैठकले प्रदेश बालअधिकार समिति सदस्यमा ५ जनालाई मनोनित गरेको छ ।

सदस्यहरुमा बाल कल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सिविन बाल हेल्प लाइन मकवानपुरका झविन्द्र ज्ञवाली, काठमाडौंका अन्जनी श्रेष्ठ, राजाराम सापकोटा, र चितवनकी मन्जु वैरागी रहेका छन् । बैठकले संघीय सरकारबाट सरुवा भएर आउनुभएका विनु बज्राचार्य र कृष्ण बहादुर साहीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.