काठमाडौँका चोक-चोकमा चेकजाँचलाई कडाइ गर्दै प्रहरी

काठमाडौँ- होलीमा हुनसक्ने दुर्घटनालाई मध्य नजर गर्दै प्रहरीले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।

बलजफ्ती अरुलाई रंग लगाउने र पानी खन्याउने काम रोक्न प्रहरीको जाँचले सहयोग पुर्‍याएको छ । त्यसैले उपत्यकामा होली यसपटक बढी सभ्य देखिएको छ ।

त्यसैगरी, होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाई पनि ट्राफिक प्रहरीले कडाइ गरेको छ।

सडकका चोकचोकमा प्रहरी र ट्राफिकको बाक्लो उपस्थिति छ ।

सडकमा होहल्ला गर्ने र मादकपदार्थ खाएर सवारी चलाउनेहरुलाई कारवाही गर्ने भन्दै प्रहरीले यसअघि नै सूचना जारी गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.