मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

नुवाकोट- मोटरसाइकल दुर्घटनामा नुवाकोटको दाङसिङका एक युवकको ज्यान गएको छ । विदुर नगरपालिका-६ सिंचाई पुल नजिकै आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।
तारकेश्वर गाउँपालिका-१ दाङसिंङका ३२ वर्षिय चतुरमान तामाङको शुक्रवार बेलुकी भएको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तामाङले चलाएको बा४६प ८२५३ नम्बरको मोटरसाइकल बट्टारबाट दाङसिङतर्फ गइरहेकोमा त्रिशूल नदी किनारामा रहेको सिंचाइको पुल नजिकै विद्युतको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल तिव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तामाङको शव त्रिशूली अस्पतालमा राखिएको छ भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्