नगरकोट–काठमाडौँ सिधा सार्वजनिक बस सेवा सञ्चालन, स्थानीय हर्षित

भक्तपुर – नगरकोटवासीले काठमाडौँ आउनु कमल विनायक झर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा रहेको नगरकोटबाट काठमाण्डौं रत्नपार्क सिधा सार्वजनिक बस सेवा आजबाट सुरु भएपछि उक्त बाध्यताको अन्त्य भएको हो ।
नगरकोट–काठमाण्डौं सिधा बस सेवाको शुभारम्भ गर्नु हुँदै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्ष–२०८२ सफल पार्न सहज हुने बताउनु भयो । प्रमुख खत्रीले भन्नुभयो, “आगामी वैशाख १ गतेबाट हामी नगरकोट भ्रमण वर्ष सुरु गर्दै छौँ, ठिक एक महिना अगाडि नगरकोटबाट काठमाण्डौंसम्म जाने सिधा बस सेवा आजबाट सुरु गरेका छौँ । यो सेवाले अब नगरकोट आउन जान सहज हुने भएको छ ।
नगरकोट जान आउन काठमाडौँबाट कमल विनायकसम्म एउटा बस र कमल विनायकबाट नगरकोट जाने अर्को बस गरी दुई वटा बसमा यात्रा गर्नु पर्ने बाध्यता थियो । त्यो बाध्यता आजबाट हटेको छ । यात्रा छिटो, सहज र सस्तो हुने भएपछि यात्रु पनि हर्षित भएका छन् । उत्तर पूर्वी यातायात प्रा.ली र ख्वप भक्तपुर मिनिबस यातायात प्रा.ली.को संयुक्त सहकार्यमा बस सेवा सुरु भएको हो । क
रिब २२ वर्ष पछि नगरकोट–काठमाडौँ सिधा बस सेवा सञ्चालन भएको चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले बताउनु भयो । प्रत्येक एक घण्टामा सिधै ६ वटा बसले सेवा दिने उहाँको भनाइ छ । भ्रमण वर्ष लक्षित थप बस सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरकोट काठमाडौँ बस सेवा बिस्तार भएपछि बस व्यवसायीहरूले हर्षित हुँदै उक्त कार्यको स्वागत गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्