इटहरीमा मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, एक जनाको मृत्यु

सुनसरी, इटहरी – इटहरीमा मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा मध्यरातमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।

शुक्रवार राति करिब , इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परेर विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरी गम्भीर घाइते भए।

इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार गम्भीर चोट लागेका चौधरीलाई तत्काल उद्धार गरी विराट नर्सिङ होम पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा बिहान ५:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर, कटारी नगरपालिका–२ की २८ बर्सिया उमा सुनुवार गम्भीर घाइते भएकी छन्। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको  खनार ट्राफिक प्रहरीका प्रमुख असई राजाराम यादवले जानकारी दिनु भएको छ !

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक युवक पुनम चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका थिए। गत नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.