गोरखाको इतिहासको अध्ययन र प्रवर्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ ।

देशभरका ३५ जना चर्चित साहित्यकारहरू जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’ का लागि आज गोरखा आइपुगेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसाबले अत्यन्तै सुन्दर क्षेत्र रहेकाले पदयात्री साहित्यकारको कलमले अव त्यसलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शीतल गिरीको नेतृत्वमा स्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन्।

पदयात्राका क्रममा स्रष्टाहरूले जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नेछन् ।

पदयात्रामा चर्चित गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोला घरे साइँलो, शान्ति सापकोटा, हरिस कल्पित, डा. बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।

पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शीतल गिरीले बताउनुभयो । ‘‘यहाँ जन्मनु भएका नेपालका प्रथम सहिद लखन थापालाई चिनाउनुहोस्, हामी त्यसलाई खोज्न आएका हौ, उहाँले भन्नुभयो, ‘‘तपाइहरूले चिनाउनुहोस्, हामी लेखिदिन्छौ ।’’ उहाँले स्थानीय कला संस्कृतिलाई जोगाउन सके मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

‘‘गोरखा र गोरखनाथलाई चिनाउन सके मात्र गोरखाको इतिहास चिन्न सक्छौ, अध्यक्ष गिरीले भन्नुभयो, ‘‘बाहिरबाट आएका पर्यटकलाई गोरखाले के दिने भन्ने बारेमा अब योजना बनाउनुपर्छ ।’’ उहाँले गुरु गोरखनाथको प्रसादको रूपमा रहेको ‘रोट’लाई मात्र चिनाउन सके पनि जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.