प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
आज बस्ने बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ । साथै अर्थमन्त्रीले ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया राख्नुहोस्